काठमाडौँ महानगरभित्र राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने

काठमाडौँ महानगरभित्र राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने

केन्द्रबिन्दु
0
Shares

यो वर्षको तिहारमा काठमाडौँ महानगरपालिकाभित्र राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलेले शुक्रबार सामाजिक सञ्जालमा यसबारे जानकारी गराएका छन्।

महानगर प्रहरीले राति १ बजेसम्म सुरक्षाका निम्ति ‘पेट्रोलिङ’को व्यवस्था मिलाएको उनले उल्लेख गरेका छन्। सो समयसम्म मर्यादित भएर देउसीभैलो खेल्न उनले अनुरोध गरेका छन्। त्यसका लागि सुरक्षा व्यवस्था मिलाइएको मेयर बालेनको भनाइ छ।

‘विगतको वर्षहरूमा कोभिडका कारण र सुरक्षाका कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौँभित्र राती ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो,’ मेयर बालेनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यो वर्ष काठमाडौँ महानगर नगर प्रहरीले राति १ बजेसम्म सुरक्षाका लागि पेट्रोलिङको व्यवस्था मिलाएका छौँ। सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिनुहुन अनुरोध गर्दछौँ।’

Logo