आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८० कात्तिक २५ गते शनिबार। ११ नोभेम्बर २०२३।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
बोलीको भरमा कार्य सम्पादन हुने र नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ। कतै घुम्न जाने योजना बन्न सक्छ। ढिलै भए पनि काम सम्पन्न हुनेछ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। नयाँनयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
आँटेको काममा सफलता नमिल्न सक्छ। खर्च बढ्ने हुँदा मन चिन्तित हुनेछ। प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्छ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
आज धार्मिक र सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। विद्यामा पनि सफलता मिल्नेछ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। घरमा अतिथिको आगमन हुनेछ। एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ। सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
विद्यामा सोचेजस्तो प्रगति गर्न धेरै समय दिनुपर्ला। सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ। प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुन सक्छ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
आज विद्या र बुद्धिको विकास हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। व्यापार व्यवसायबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग पनि छ।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ। रमाइलो यात्राको योग रहेको छ। बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। प्राविधिक काममा बढी सफलता मिल्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
बिभिन्न अवसर आउनाले मन प्रसन्न रहनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। बौद्धिकताको विकास हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। घर व्यवहारको समस्याले सताउनेछ। नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनु होला।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
आज दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। रोकिएका वैदेशिक कार्य अघि बढ्नेछ। मार्केटमा पनि सफलता मिल्नेछ।

Logo