अनलाईनबाट ठगी गर्ने दुई जनालाई प्रहरीले गर्याे सार्वजनिक

अनलाईनबाट ठगी गर्ने दुई जनालाई प्रहरीले गर्याे सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

ललितपुर ।

ललितपुर प्रहरीले अनलाईन मार्फत विद्युतीय सामान बिक्रि गर्ने भन्दै ठगी गर्ने दुई जनालाई आइतबार सार्वजनिक गरेको छ ।

प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गरी पर्साको पकाहामैनपुर घर भएका प्रमोद साह र पर्साकै बहुदरमाइ घर भएका मेवालाल शाहलाई सार्वजनिक गरेको हो । पक्राउ पर्ने दुवैले फेसबुक र ह्वाट्सएपमा कम्प्युटर, मोबाइल, घडी, ल्यापटप जस्ता सामान बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराउने भन्दै विज्ञापन गर्ने, सम्पर्कमा आएका खरिदकर्तालाई पैसा डिपोजिट गर्न लगाउने तर सामान नदिइ ठगी गर्दै आएका थिए ।

ठगिएका प्रविन प्रसाद शाहको जाहेरीका आधारमा प्रमोद शाहलाई पर्साबाट र मेवालाल साहलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । सम्मेलनमा प्रहरी परिसर लतिपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले पक्राउ परेका व्यक्तिको गिरोहले दर्जन बढी व्यक्तिसँग एक करोड भन्दा बढी ठगी गरेको अनुसन्धानमा खुलेको जानकारी दिए । ठगिएका व्यक्तिको पहिचान थप अनुसन्धानबाट गरिने उनले बताए ।

उनका अनुसार आज सार्वजनिक गरिएका व्यक्तिले बजार मूल्यभन्दा सस्तोमा सामान दिन्छु भनेर फेसबुकमा विज्ञापन गरेको देखेपछि शंकाका आधारमा प्रहरीले अनुशन्धान गर्दै जाँदा ठगी धन्दा भएको खुलेको हो । ललितपुर प्रहरीले पछिल्लो समय विभिन्न अनलाईनहरुमा फेक एकाउन्ट खोल्ने विभिन्न प्रलोभन देखाउने, विज्ञापन गर्ने र त्यसपछि सम्पर्कमा आएका व्यक्तिलाई ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

Skip This
Skip This
Logo