देशका केही भू-भागमा आज हिमपातको सम्भावना रहेको छ। उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र मधेस प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।
कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। विभागले राति कोसी प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ।
बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।































प्रतिक्रिया