आज २०८० कात्तिक ३० गते बिहिबार।१६ नोभेम्बर २०२३।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज कूटनीतिक नियोगको सहयोग मिल्ला। आफन्तको सहयोग प्राप्त हुनेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। धार्मिक यात्राको योग पनि छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मनमा निराशा र शरीरमा आलस्य आउला । कार्यमा बाधा आउनसक्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । नियमित खर्चसमेत बढ्ने योग छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज कुनै समाचारले मनमा शान्ति छाउनेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ। चिन्ता छाडेर चिन्तन गर्ने समय छ। शत्रु पनि क्षय होलान्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज अतिथिको रूपमा सत्कार पाइन सकिनेछ। भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा पनि रहला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जोशजाँगर र हिम्मत बढ्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज सानातिना समस्यामा अल्झनुपर्नेछ। स्वास्थ्य क्षेत्रमा सजगता अपनाउनु उचित हुनेछ। काम बिगार्नेको सक्रियता पनि रहने देखिन्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभारम्भको चर्चा चल्नेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। रोजगारको अवसर पनि मिल्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएका काम पुनः सुरु हुन सक्छन्। बुद्धिको उपयोगले जटिल कामसमेत सम्पादन हुन सक्छ, तर लत्ता कपडामा खर्च बढ्न सक्छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
लाभदायक यात्रा हुनेछ। बिना प्रतिस्पर्धा फाइदा हुनेछ। परिवार सँग रमाइलो भेटघाट हुनेछ। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
शरीरमा स्फूर्ति र उमङ्ग कमी हुनेछ।आँटेको काममा बाधा हुनेछ। सामान हराउने वा चोरी हुने सम्भावना छ। व्यवसायमा मन्दी आउनसक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज वैदेशिक कार्य अघि बढ्नेछ। कला र गलाको प्रभाव बढ्नेछ। शुभ समाचार सुन्न पाइएला। ब्यापार व्यवसायबाट आम्दानी पनि हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज आँटेको र ताकेको कार्य पुरा होला। राजनीतिक कार्यमा सफलता मिल्नेछ। जोशजाँगर र हिम्मत बढ्नेछ। प्रेमीको सहयोग पनि पाइनेछ ।





























प्रतिक्रिया