जाजरकोट भूकम्प प्रभावितका लागि तनहुँको भानु नगरपालिकाले आर्थिक सहयोग गरेको छ। नगरपालिकाले जाजरकोट भूकम्प प्रभावितका लागि एक लाख पाँच हजार आर्थिक सहयोग गरेको हो।
उक्त रकम भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जाजरकोट पुगेर प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका छन्। भूकम्पबाट पीडित बनेकाको राहत र उद्धारका लागि नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट थोरै भए पनि सहयोग गरिएको त्रिपाठीले बताए।
भानु नगरपालिकाका प्रमुख त्रिपाठीको नेतृत्वमा वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतको टोली जाजरकोट पुगेको थियो । त्यस क्रममा उनीहरूले भूकम्पमा परी मृत्यु भएका नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको परिवारप्रति समवेदना व्यक्त गरेका थिए। यसअघि जिल्लाकै देवघाट गाउँपालिका र व्यास नगरपालिकाले भूकम्प पीडितका लागि रु पाँच/पाँच लाख सहयोग गर्ने निर्णय गरेको थियो ।































प्रतिक्रिया