हात्तीको आक्रमणबाट एक जनाकाे मृत्यु

हात्तीको आक्रमणबाट एक जनाकाे मृत्यु

केन्द्रबिन्दु
0
Shares

जङ्गली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मङ्गलबार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो।

शिविरको सेक्टर नं २ को हट नं दुई सय ५२ मा तामाङको बसोबास थियो। उनी दिउँसो दाउरा खोज्न जङ्गल गएका थिए। साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनलाई जङ्गलमै मृत भेटाएको डिभिजन वन कार्यालयका प्रमुख राईले बताए।

यसैगरी मेचीनगर नगरपालिका-११ स्थित विशाल दाहालको एकतले पक्की घर जङ्गली हात्तीले भत्काएको छ। स्थानीय बाँसबारी सामुदायिक वनबाट गाउँ छिरेको एउटा हात्तीले पर्खाल भत्काएर घरभित्र पसी चार सय किलो धान र दुई सय किलो चामल खाएको पीडित दाहालले जानकारी दिए।

Skip This
Skip This
Logo