उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

केन्द्रबिन्दु
0
Shares

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोसी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

साथै कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति भने देशको पहाडी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

Logo