आज हुने प्रदर्शनको कारण तीनकुने बल्खु र आसपासमा सड्क अवरुद्ध हुनसक्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
तीनकुनेमा नेकपा (एमाले) निकट युवा सङ्घले प्रदर्शन आयोजना गरेको छ। यस्तै बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ ले प्रदर्शन आयोजना गरेको छ।
जुलुस सुरु भएपछि ती रुटमा चल्ने सवारी–साधन सञ्चालनमा डिस्टर्व हुनसक्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ। युवा सङ्घले तिनकुनेस्थित सिनामंगलतर्फ पार्टी प्यालेस अगाडी प्रदर्शन गर्दैछ।





























प्रतिक्रिया