अश्रु ग्यास र पानीको फोहरा प्रहार गरेपछि बल्खु चोक सुनसान, सुरक्षाकर्मी बढाइयाे

अश्रु ग्यास र पानीको फोहरा प्रहार गरेपछि बल्खु चोक सुनसान, सुरक्षाकर्मी बढाइयाे

केन्द्रबिन्दु
0
Shares

ललितपुरको बल्खुमा दुर्गा प्रसाईँ नेतृत्वले आयोजना गरेको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रहरीले अश्रुग्यासँगै पानीको फोहरा प्रहार गरेको छ ।  

प्रदर्शनकारी बल्खुबाट कालीमाटीतर्फ अघि बढ्न खोजेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेको हो । प्रहरीको अश्रुग्यास र पानीको फोहरा प्रहारबाट भिड तितरवितर भएको छ । केही समय अगाडिको जनलहरले भरिएको बल्खु चोक अहिले सुनसान छ । सुरक्षाकर्मी बढाइएको छ । 

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को प्रदर्शनमा झडप भएको हो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

Logo