आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

केन्द्रबिन्दु
0
Shares

आज २०८० मंसिर ८ गते शुक्रबार। २४ नोभेम्बर २०२३।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
हल्लाको भर पर्दा दुख पाइने र गरेका काममा ढिलासुस्ती हाेला। मनमा दुबिधा उत्पन्न हुनेछ। दिनको उत्तरार्धमा धन खर्च बढ्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
पारिवारिक सद्भाव बढ्नेछ। नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ। मिहिनेत गर्दा प्रगति हुनेछ। व्यापार व्यवसायबाट लाभ मिल्ने देखिन्न।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा )
पारिवारिक जमघट र मनोरञ्जन कार्य सम्पन्न हुनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। कार्य सम्पादनमा सहजता मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। कला र गलाको प्रभाव बढ्नेछ। मनोरञ्जनमा सहभागिता भइएला। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ। मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ। गरेको काममा ढिलासुस्ती हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
परिवारजनको साथले नयाँ आशा पलाउनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। लाभदायक यात्रा र मनोरञ्जन पूर्ण कार्य रहला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ। मनमा हर्ष छाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। नयाँ अलङ्कारको प्राप्ति हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अतिथिका रूपमा सम्मान पाइनेछ। आत्मिक सन्तुष्टि मिल्नेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला। बोलीको विपरीत अर्थ पनि लाग्नसक्छ अतः संयम रहनु होला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। विद्या र बुद्धिको विकास हुनेछ। नयाँ कार्य गर्ने योजना पनि बन्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। आत्मिक सन्तुष्टि मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। शुभकार्यको चर्चा चल्नेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ।

Logo