माइतीघर-बानेश्वर निषेधाज्ञाः सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

माइतीघर-बानेश्वर निषेधाज्ञाः सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

केन्द्रबिन्दु
0
Shares

माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौँको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

मेडिकल व्‍यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले) पक्षको युवा संघले एकैदिन पारेर माइतीघर केन्द्रीत आन्दोलन गर्ने घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले यही ४ गतेदेखि माइतीघर मण्डला बानेश्वरलगायतका संवेदनशील क्षेत्रमा ३० दिनका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो।त्यसपछि अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल)ले उक्त निर्णय खारेज गर्न आदेश माग्दै रिट दिएका थिए । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौँलाई विपक्षी बनाएका थिए । 

सो रिटमाथि शुक्रवार सुनुवाइ गर्दै इजलासले विपक्षीहरुको नाममा कारण देखाऊ आदेश जारी गर्दै निषेधाज्ञाको आदेशका सम्बन्धमा अन्तरिम आदेश जारुरी गर्नु नपर्ने भए कारणसहित लिखित जवाफ पेश गर्न भनेको छ ।

Skip This
Skip This
Logo