दुर्गा प्रसाईं नेतृत्व समूहको प्रदर्शनः सिफल चौरमा सुरक्षा व्यवस्था कडा

दुर्गा प्रसाईं नेतृत्व समूहको प्रदर्शनः सिफल चौरमा सुरक्षा व्यवस्था कडा

केन्द्रबिन्दु
0
Shares

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानले आज काठमाडौंको सिफल चौरमा प्रदर्शन गर्ने भएको छ। 

सिफल चौरमा कार्यक्रम गर्न महाअभियानले शुक्रबार आग्रह गरेको र सोही अनुरूप शान्तिपूर्ण प्रर्दशनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको हो । अहिले प्रदर्शनको तयारी हुनै लाग्दा सिफल चौरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रर्दशनमा दुर्गा प्रसाईं पनि सहभागि हुने बताएपनि निश्चित भने भइसकेको छैन ।

प्रहरीले जामर भेहिकल पनि परिचालन गरेको छ। प्रहरीले बढी भीडभाड हुने क्षेत्रमा मोबाइल सम्पर्क कमजोर पार्न जामर भेहिकलको प्रयोग गर्ने गर्दछ । 

No description available.

यसअघि शुक्रबार तीनकुनेमा गर्न भनिएको प्रदर्शन भने अनुमति नलिएको भन्दै प्रशासनले रोक लगाएको थियो । प्रदर्शनका लागि पुगेकाहरूलाई प्रहरीले पक्राउ गरेको थियो। तर, शुक्रबार प्रसाईंलाई प्रहरीले घरबाट निस्कन दिएकाे थिएन । प्रसाईं नेतृत्व समूहले राजतन्त्र फर्काउने, बैैँक तथा वित्तीय संस्थाबाट लिइएका ऋण मिनाहा हुनुपर्नेलगायतका माग गर्दै बिहीवार पनि बल्खुमा विरोध प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडपसमेत भएको थियाे । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको थियो ।

No description available.

No description available.

No description available.

 

 

 

Logo