मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानका समर्थक र प्रहरीबीच गौशालामा झडप भएको छ । प्रदर्शनकारीले सोमबार गौशालाको मूल सडकमा अवरोध गर्ने क्रममा प्रहरीले बल प्रयोग गरेपछि झडप भएको हो । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज र अश्रु ग्यास प्रहार गरेको छ । झडपका क्रममा केही समर्थक घाइते पनि भएका छन् ।
तर, प्रदर्शनमा सहभागी रहेका दुर्गा प्रसाईं भने एकाएक गायब भएका छन् । समर्थक र प्रहरीबीच गौशालामा झडप हुनेबित्तिकै गाडी लिएर भागेको बताइएको छ । उनका समर्थकलाई समेत कहाँ गए पत्तो छैन ।





























प्रतिक्रिया