लागूऔषधसहित तीन जना पक्राउ

लागूऔषधसहित तीन जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

झापा र बाँकेबाट लागूओषधसहित तीन जना पक्राउ परेका छन्।

झापाकाे दमक नगरपालिका-९ स्थित सडकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित कमल गाउँपालिका-१ बस्ने २० वर्षीय अनिस धिमाललाई प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। 

बाँकेकाे  खजुरा गाउँपालिका-४ हरी चोकबाट अवैध लागूऔषध ब्राउन सुगर ३ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय प्रमोद बानिया र अछाम मंगलसेन नगरपालिका-७ बस्ने २० वर्षीय पारस भण्डारी रहेका छन्। 

ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ  गरेको हो।दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको जनाएकाे छ।

Logo