1
1
1
1
1
0
Shares

राजधानीबाट सुरु भयो एक घर एक रक्तदाता अभियान

1
1
1
1
1
1
1
1

काठमाडौं ।

लकडाउनको अवधिमा अस्पतालमा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखा र महाबौद्ध उपशाखाले संयुक्त रूपमा ‘एक घर एक रक्तदाता’ अभियान जारी राखेका छन् ।

यस अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं १५ चागल निवासी समाजसेवी राकेश कर्माचार्यको अगुवाईमा शुक्रबार सो वडाको चागल, लखतीर्थ र धुम्बाखेलका १३ जना स्वयंसेवी रक्तदाताले रगतदान गरेका छन् ।

“विशेष अवस्थामा रगतको अभाव हुन नदिन सामाजिक सञ्जालमार्फत् रक्तदातालाई आह्वान गरी रक्तदानको कार्यक्रम आयोजना गरेका हौँ ।” स्थानीयवासी रामेश्वरमान कर्माचार्यले भने । लकडाउनका अवस्थामा रगतको अभाव हुन नदिन सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रले रक्तदाताको पायक पर्ने स्थानमा पुगी सामाजिक दूरी कायम गरी रगत सङ्कलन जारी राखेको छ ।रासस

प्रकाशित: २२ चैत २०७६ ११:२५ शनिबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी