शरणार्थी प्रकरणमा टेकनाथ रिजाललाई थुनामुक्त गर्न आदेश, टोपबहादुर थुनामै

शरणार्थी प्रकरणमा टेकनाथ रिजाललाई थुनामुक्त गर्न आदेश, टोपबहादुर थुनामै

केन्द्रबिन्दु
0
Shares

उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजाललाई थुनामुक्त गर्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले थुनामा राख्न दिएको आदेश बदर गर्दै न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले थुनामा रहेका रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।

तर, शरणार्थी प्रकरणमा नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझीलाई भने थुनामै राख्न आदेश दिएको छ। इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरेको हो ।

Logo