कोरोनाबाट निको हुनेको संख्या ह्वातै बढ्यो

कोरोनाबाट निको हुनेको संख्या ह्वातै बढ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । देशभर पछिल्लो समय कोरोना भाइरसबाट निको हुनेको संख्या ह्वातै बढ्दै गएको छ । शुक्रबार मात्रै थप २ सय १६ जना निको भएर घर फर्किएका छन् । जुन अहिलेसम्मकै सबैभन्दा बढी निको हुने संख्या हो । अहिलेसम्म देशभर १४ सय २ जना पूर्ण रुपमा निको भएर घर फर्किएका छन् ।

त्यस्तै शुक्रबार ४ सय २६ जना नयाँ संक्रमित थपिएका छन् । शुक्रबार नयाँ संक्रमित थपिएसँगै देशभर संक्रमितको संख्या ८ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४ सय २६ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विराटनगरमा गरिएको परीक्षणमा ३, जनकपुरमा गरिएको परीक्षणमा १५ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण टेकुमा २ सय ४१ जनामा कोरोना पुष्टि भएको छ । यस्तै हेटौडामा गरिएको परीक्षणमा ६, शिक्षण अस्पतालमा गरिएको परीक्षणमा ५, पोखरामा गरिएको परीक्षणमा १ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला कास्कीमा गरिएको परीक्षणमा १७ जनामा पोजेटिभ देखिएको छ । साथै, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा ७, रुपन्देहीमा गरिएको परीक्षणमा १ सय ७ जना र सेती अस्पतालमा गरिएको परीक्षणमा २४ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै देशभर १ लाख ६१ हजार ७ सय ४९ जनाको पीसीआर परीक्षण गरिएको छ भने २ लाख ४७ हजार ८ सय ७४ जनाको आरडीटी परीक्षण गरिएको छ । साथै पछिल्लो २४ घण्टामा ४ हजार २ सय ३१ पीसीआर परीक्षण गरिएको छ भने ४ हजार ३ सय ९९ आरडीटी परीक्षण गरिएको छ । देशभर क्वारेन्टाइनमा हुनेको संख्या १ लाख ९ हजार ४ सय ६१ रहेको छ भने ६ हजार ८ सय ५० आइसोलेसनमा रहेका छन् ।

Skip This
Skip This
Logo