क्रोएशिया पठाउने भन्दै १२ करोड ठगीः न्यायका लागि सरकारसँग आग्रह

क्रोएशिया पठाउने भन्दै १२ करोड ठगीः न्यायका लागि सरकारसँग आग्रह

केन्द्रबिन्दु
0
Shares

क्रोएशिया लैजाने भन्दै सुर्खेतका रिदम भनिने कृष्णबहादुर रानामगरले १२ करोडभन्दा धेरै रकम ठगी गरेको भन्दै पीडितहरुले न्यायका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । 

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफूहरुलाई ठग्ने ठूलो गिरोह नै सक्रिय भएको भन्दै कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । १५० जनाभन्दा धेरैबाट रानामगरको गिरोहले १२ करोडभन्दा धेरै ठगेको पीडितको दाबी छ । 

ठगिनेहरु अधिकांश युवायुवतीहरु रहेको बताइएको छ । गोकुलबहादुर कार्कीमार्फत रानामगरले दोलखाका युवायुवतीमार्फत पैसा उठाएको पीडितहरुको गुनासो छ । 

पत्रकार सम्मेलनमा कार्कीले आफूसँग भिसामात्रै नभएर जहाजको टिकटपनि भयो अब काम भैहाल्छ भनेर बोलेको आवाजको रेकर्डपनि सुरक्षित रहेको बताएका छन् । दोलखाबाट मात्रै रानामगरले २ करोड रुपैयाँ पैसा असुली गरेको उनको भनाई छ । क्रोएशिया पठाईदिने भन्दै आफूहरुसँग जनही ७ देखि ९ लाखको दरले रकम असुली गरेको पीडित बलराम पराजुलीले बताए ।

Logo