काठमाडौंको न्युरोडस्थित एक सुन गाल्ने कारखानाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बानेश्वरको टोलीले मंगलबार राति ७ किलो ८ सय ग्राम सुनसहित ‘ओमपाल गोल्ड शप’ का सञ्चालक पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको हो ।
कारखानामा तस्करीबाट ल्याइएको सुन गाल्ने गरेको पाइएको प्रहरीको भनाइ छ । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ।































प्रतिक्रिया