नक्कली भुटानी शरणार्थी प्रकरणः धरौटी बुझाएर सन्दीप रायमाझीसहित ६ जना छुटे

नक्कली भुटानी शरणार्थी प्रकरणः धरौटी बुझाएर सन्दीप रायमाझीसहित ६ जना छुटे

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ६ जना कारागारबाट रिहा भएका छन्। उच्च अदालत पाटनले तोकेको धरौटी बुझाउने ५ जना र साधारण तारेखमा छाड्न आदेश भएका आशिष बुढाथोकी छुटेका हुन् ।

६ जनालाई थुनामुक्त गरिएको केन्द्रीय कारागारले जनाएकाे छ। धरौटी तिरेर रिहा हुनेमा शमशेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन, रामशरण केसी र सन्दीप रायमाझी छन्।

सन्दीप रायमाझी पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् । शरणार्थी प्रकरणमा टोपबहादुर थुनामै छन्। उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले मङ्सिर १५ मा सन्दीप सहितका ६ जनालाई धरौटीमा छाड्न आदेश गरेको थियो। अदालतले ताेकेअनुसार नरेन्द्र केसी र शमशेर मियाँले समान १० लाख रुपैयाँ र हरिभक्त महर्जन र रामशरण केसीले समान १५ लाख रुपैयाँ बुझाएका थिए। रायमाझीलाई ३० लाख लिएर धरौटीमा छाड्न दिइएकाे थियाे ।  

धरौटीमा छाड्न आदेश भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजालचाहिँ थुनामै छन् ।

Skip This
Skip This
Logo