मौसम पूर्वानुमानः हुस्सु र कुहिरोले जनजीवन प्रभावित हुने सम्भावना

मौसम पूर्वानुमानः हुस्सु र कुहिरोले जनजीवन प्रभावित हुने सम्भावना

केन्द्रबिन्दु
0
Shares

देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ। तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागिरहेको छ। 

आज बिहान कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ। तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

कोसी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।विभागले राति कोसी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

देशभरको तापक्रममा गिरावट आउन सक्ने भएकाले त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।  बिहानको समयमा देशको तराईका थोरै भू–भागहरूमा लागेको हुस्सु मध्याह्नपछि क्रमिक रूपमा सुधार हुँदै जाने विभागले जनाएको छ। 

Skip This
Skip This
Logo