१४ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट दुई जना पक्राउ

१४ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट दुई जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित विमानस्थल भन्सार कार्यालयले दुई जनालाई पक्राउ गरेको छ।  फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ मार्फत दुबईबाट आएका गोरखाका चन्द्र घले र मिन बहादुर घलेलाई बिहीबार राती ११ः४० बजे विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हाे।

विमानस्थल प्रमुख नेतृत्वको टोलीले मध्यराती विशेष सुराकीका आधारमा खानतलासी गर्दा सुनका बिस्कुटहरू बरामद गरेको हो। घलेसहित सो कार्यमा संलग्न गोरखाकै मिन बहादुर घलेलाई पक्राउ गरी प्रहरी थप अनुसन्धान र कारबाहीका लागि हिरासतमा राखिएको छ। 

चन्द्रले छातीको दायाँ–बायाँ कपडामा बेरेर लुकाई छिपाई ल्याएको सात थान बिस्कुट आकारका १४ किलोग्राम सुन मिन बहादुरको भएको सोधपुछका क्रममा खुलाएकोसमेत भन्सार कार्यालयले जनाएको छ । 

Skip This
Skip This
Logo