खाँडादेवी प्रगतिशिल युवा समाजको अगुवाइमा रामेछाप पकरबासका ६३ परिवारलाई राहत वितरण

खाँडादेवी प्रगतिशिल युवा समाजको अगुवाइमा रामेछाप पकरबासका ६३ परिवारलाई राहत वितरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं ५ पकरबासमा खाँडादेवी प्रगतिशिल युवा समाजको अगुवाइ तथा वडा कार्यालयको समन्वयमा अनाथ , अपाङ्ग ,बेसाहारा र जीवनयापन गर्न समस्या भएका परिवारलाई राहत वितरण गरिएको छ ।

खाँडादेवी गाउँपालिका वडा नं ५ को समन्वयमा खाँडादेवी प्रगतिशिल युवा समाजको अगुवाइमा र सामाजिक अभियान्ता तथा समाजसेवीहरुको सक्रियता जम्मा भएको विपद कोषबाट वडा भित्रका अनाथ, अपाङ्ग, बेसाहारा र जीवनयापन गर्न गाह्रो भएका ६३ जनालाई राहत वितरण गरिएको खाँडादेवी प्रगतिशील युवा समाजका अध्यक्ष राकेश श्रेष्ठले बताए ।

उनका अनुसार एक परिवार बराबर चामल १ बोरा, चिनी १ केजी, दाल १ केजी, नुन १ केजी , तेल १ लिटर र साबुन २ पिसका दरले राहत वितरण गरिएको छ । उनले भने, ‘श्री प्रयागेश्वर माध्यामिक विद्यालयले २५ वटा समुहमा बिभाजन गरी पढाई संचालन गरेकाले आवश्यक स्वास्थ्य सुरक्षाका लागि सेनिटाइजर, माक्स प्रदान गरिएका छौं ।

त्यस्तै स्वास्थ्य स्वयं सेवकहरुलाई पनि फुल्पा फुर्केसल्ला धारापानी गोगनपानी शिकारी डाँडा ठाँटी प्रयागेस्वर केन्द्र बनाइ टोल टोलमा सेनिटाइजर माक्स वितरण गरिएको छ । कोरोना माहामारी निर्यन्त्रण गर्नको लागी आर्थिक कोष खडा गर्न र बितरण गर्न लागि पर्ने विभिन्न पेसा ब्याबसायी , उद्यमी , सामाजिक अभियान्ता, सामाजिक अगुवा जनप्रतिनिधि र सम्पुर्ण विपद ब्यवस्थापन समिति खाँडादेवी प्रगतिशील युवा समाजका कार्य समितिलाई धन्यवाद दिएका छन् । प्रगतिशील युवा समाजले खाडादेवी गाउँपालिकामा बिगत लामो समयदेखि विभिन्न सामाजिक कार्यमा सक्रिय भूमिका खेल्दै आएको छ ।

Skip This
Skip This
Logo