नेपालमा सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट आज पनि ‘हेर्न नभ्याइने’ भएको छ । बुधबार न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेशी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको हो ।
यसअघि न्यायाधीश विनोद शर्माको एकल इजलासले यही मङ्सिर ५ गते प्रारम्भिक सुनुवाइ गर्दै १० दिनभित्र कारण देखाउ आदेश जारी गरेकाे थियो । मङ्सिर १५ गतेभित्र लिखित जवाफ माग गरीे यही मङ्सिर १९ गते सुनुवाइका लागि पेसी तोकिएकाे थियाे । तर, मंसिर १९ गते रिटको पेशी न्यायाधीश सुष्मालता माथेमा र विनोद शर्माको इजलासमा तोकिए पनि हेर्न भ्याइएको थिएन ।
सरकारले गत कात्तिक २७ गते सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियोे । त्यसको विरोधमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १४ जनाले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए । रिटमा नेपाल सरकार,सूचना तथा संचार मन्त्रालय सिंहदरबार र नेपाल दूरसञ्चार प्राधिकरण जमललाई विपक्षी बनाइएको छ।





























प्रतिक्रिया