नेपाली सेनाले माग्यो नर्सदेखि प्राविधिकसम्म १२५ कर्मचारी

नेपाली सेनाले माग्यो नर्सदेखि प्राविधिकसम्म १२५ कर्मचारी

केन्द्रबिन्दु
0
Shares

नेपाली सेनाले मेडिकल, हवाई सेवालगायत प्राविधिक सेवामा रिक्त पदपूर्तिका लागि आज १ सय २५ जना कर्मचारी माग गरेको छ । शुक्रबार सेनाले एक सूचना प्रकाशित गर्दै हवाई सेवा, मेडिकल, प्राविधिकलगायत विविधपदमा १ सय २५ जना कर्मचारी मागेको छ । 

मेडिकलतर्फ ३२ जना, नर्सिङतर्फ १८ जना, सैनिक ब्यान्डतर्फ १४ जना, मर्मततर्फ १२ जना, अन्य सेवा तर्फ ४२ जना कर्मचारी चाहिएको शुक्रबार राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गर्दै सेनाले जनाएको छ । उल्लेखित पदहरूमा काम गर्न इच्छुक र योग्यता पुगेकाहरूले सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा पुस २८ गते भित्र दरखास्त दिनुपर्ने उल्लेख छ । सेनाले आवेदन दिँदा पदअनुसार फरक फरक दरखास्त शुल्क तिर्नुपर्ने जनाएको छ । 

Skip This
Skip This
Logo