आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

केन्द्रबिन्दु
0
Shares

आज २०८० मंसिर ३० गते शनिबार। १६ डिसेम्बर २०२३।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज धर्मकर्ममा रुचि बढ्नेछ। गरेका कामबाट राम्रै लाभ हुनेछ। रोकिएका अधुरा कार्यको थालनी हुनेछ। नयाँ र शुभ समाचार पनि सुन्न पाइएला।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
रोकिएको धन हातपर्ला। मिष्ठान्न भोजन प्राप्ति हुनेछ। मनोरञ्जनमा सहभागी भइएला। साँझमा पैसा खर्च हुने योग छ। अतिथिको सेवा पनि होला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आफन्तजन सँग मनमुटाब बढ्नेछ। विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ। आफन्त तथा विश्वास गरेकैबाट धोका हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज श्रमको उचित मूल्याङ्कन हुनेछ। साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला। आर्थिक लाभ रहनेछ र कुनै कुराले मनमा शान्ति छाउला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। कार्य सिद्धिको योग छ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। शुभकार्यको चर्चा चल्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ। चिताएको कामले तीव्रता लिनेछ। वित्तिय संस्थाबाट सहयोग पाइनेछ। शुभ समाचार सुन्नमा आउला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। गरेका कार्यमा ढिलासुस्ती हुनेछ, तर साँझमा धन हात पर्नसक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज स्वादिष्ट भोजन पाइनेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। रोकिएको धन हातपर्ला।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज वित्तिय संस्था बाट सहयोग पाइनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। विश्वास गरेकाले साथ दिनेछन्। शुभकार्यको चर्चा पनि चल्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। पठनपाठनमा प्रगति हुनेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज कार्यमा अवरोध आउला। मालसामान हराउने वा नोक्सानी हुनसक्छ। दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ, तर लामो यात्रा सफल हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज शुभ कार्यमा सरिक भइनेछ। नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। अचल सम्पत्ति हात पर्ने योग छ।

Logo