मुग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना, १८ जना घाइते

मुग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना, १८ जना घाइते

केन्द्रबिन्दु
0
Shares

मुग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँको व्यास नगरपालिका-१२ कमलबारीमा दुर्घटना भएको छ। दुर्घटनामा परि १८ जना घाइते भएका छन्। 

ग २ ख १४५९ नम्बरको बसले टिप्परलाई ‘ओभरटेक’ गर्ने क्रममा सडकबाट तल खस्दा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए। 

दुर्घटनामा परि घाइते हुनेमा तनहुँ भानु नगरपालिका-१, साजबोटेका १० वर्षीया असिमा साही, भानु नगरपालिका-३, चाम्बासका २१ वर्षीया सविता सुनार, १९ वर्षीया सविना सुनार, मोरङ कटेरी गाउँपालिका-२ का ३० वर्षीय प्रदीप गोदार, भोजपुर टेम्केमैयुङ गाउँपालिका-९, हिलेखर्कका ४० वर्षीय सुरन राई, व्यास नगरपालिका-२ का ३४ वर्षीया पिल्लिमाया थापा, बन्दीपुर गाउँपालिका-१ का ५२ वर्षीया ज्ञानदेवी श्रेष्ठ र २० वर्षीया स्नेहा श्रेष्ठ, व्यास नगरपालिका-२ का २१ वर्षीय एन्जल भट्टराई, आँबुखैरेनी गाउँपालिका-५ छिम्केश्वरीका ४१ वर्षीय पूर्णबहादुर गुरुङ रहेका छन्। 

त्यस्तै, भानु नगरपालिका-१, साझबोटेका २६ वर्षीया बबिता थापा, ३० वर्षीया नविन थापा, १२ वर्षीया दुर्गा थापा, सात वर्षीया नविना थापा, व्यास नगरपालिका-२, डाङग्रे खोल्सीका ४० वर्षीया दीपा थापा, भोजपुर टेम्केमैयुङ गाउँपालिका-९, हिलेखर्कका ५० वर्षीया सुमित्रा राई, व्यास नगरपालिका-११ मूलपानीका ३६ वर्षीया जुनु भट्टराई र आठ वर्षीया पूर्णिमा भट्टराई पनि घाइते नभएका छन्। 

घाइतेमध्ये दश जनाको दमौली अस्पताल र आठ जनाको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। 

Logo