आज २०८० पुष ५ गते बिहीबार। २१ डिसेम्बर २०२३।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
भनेको कुराको विपरीत अर्थ लाग्नसक्छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ। भगवानको आशीर्वादले भने काम बन्नसक्छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आकस्मिक धन लाभ हुनेछ। मिहिनेत गर्दा अधिक प्रगति हुनेछ। तर अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन्। वैदेशिक व्यापार, कृषि व्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामान हराउने वा चोरी हुने सम्भावना छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। दैनिकी काममा चुनौतीको सामना गर्नुपर्ला।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज नयाँ र शुभ समाचार सुन्न पाइएला। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। कला र गलाको प्रभाव बढ्नेछ। वैदेशिक कार्य पनि अघि बढ्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएका काम पुनः सुरु हुन सक्छन्। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ। आर्थिक कारोबारमा सफलता पाइएला। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आँटेको कार्यमा बाधा आउन सक्छ। नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुने छैन, तर धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
दिन भाग्यशाली भएर देखा पर्नेछ। कूटनीतिक नियोगको सहयोग मिल्ला। सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
छोटो दुरीको लाभदायक यात्रा हुनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनसक्छ। सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। शुभ कार्यको चर्चा पनि चल्नेछ।





























प्रतिक्रिया