कोरोनाका कारण बाँकेमा थप एक जनाको मृत्यु

कोरोनाका कारण बाँकेमा थप एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बाँके ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । पछिल्लो पटक मृत्यु हुनेमा बाँकेकी एक महिला रहेकी छिन् ।

नेपालगञ्ज मेडिकल कलेजमा उपचारत ४६ वर्षीय ती महिलाको सोमवार बेलुका मृत्यु भएको थियो । उनको मंगलबार रिपोर्ट पोजेटिभ देखिएको हो ।

जिल्लाको बैजनाथ गाउँपालिका ६ की उनको आइसोलेसनमा उपचार भइरहेको थियो । उनी जेठ ३० गते अस्पताल भर्ना भएकी थिइन् । बाँकेमा यस अघि जेठ ४ गते पनि २५ वर्षका युवाको कोरोनाबाट मृत्यु भएको थियो ।

नेपालमा यसअघि नै कोरोनाबाट १९ जनाको मृत्यु भइसकेको छ। हाल सम्म संक्रमितको संख्या ६५९१ छ भने निको हुनेको संख्या ११५८ छ ।

Logo