आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

केन्द्रबिन्दु
0
Shares

आज २०८० पुष ६ गते शुक्रबार। २२ डिसेम्बर २०२३।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आकस्मिक धन लाभ हुनेछ। आँटेको र ताकेको कार्य पुरा होला। पारिवारिक सद्भाव बढ्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आजको यात्रामा बिघ्नबाधा आइलाग्नेछ। आहार विहारमा विशेष सावधानी अपनाउनु होला नत्र स्वास्थ्यमा समस्या बढ्न सक्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ। आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ। स्वास्थ्यका दृष्टिकोणले पनि आज राम्रै छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। रमाइलो यात्राको योग पनि रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। दाजुभाइ र दिदीबहिनीहरूबाट समेत सहायता मिल्ला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ। शैक्षिक क्षेत्र कमजोर नै रहला। शेयर बजारमा पनि उतारचढाव आइ रहनसक्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज जोशजाँगर र हिम्मत बढ्नेछ। धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

शुभ समाचार सुन्न पाइनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज अतिथिको रूपमा सत्कार पाइएला। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ। आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन्।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
विद्या र बुद्धिको ह्रास हुनेछ। झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ। सौन्दर्यतामा धन खर्च हुनेछ। विचार गरेर निर्णय लिनु उचित होला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आकस्मिक धन लाभ हुनेछ। साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ। बाहन लाभ हुने समय छ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

सहयोगी हातहरू अघि बढ्नेछन्। आफन्तको प्रगतिमा मन रमाउनेछ। पुनर्मिलनको योग रहेको छ। व्यापार व्यवसायमा फाइदा होला।

Logo