शिक्षासेवी मणिशंकर सेरेङ चोङबाङको स्मृतिमा अक्षयकोष स्थापना

शिक्षासेवी मणिशंकर सेरेङ चोङबाङको स्मृतिमा अक्षयकोष स्थापना

केन्द्रबिन्दु
27
Shares

तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका-६, सिक्देमस्थित सिद्धेश्वर माध्यमिक विद्यालयमा तीन लाख दस हजार रुपैयाँको छात्रवृति अक्षयकोष स्थापना गरिएको छ।

स्कुलका संस्थापक स्व.मणिशंकर सेरेङ चोङबाङको छोरी उषा सिरेङ इधिङ्गोले तीन लाख दस हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिएकी हुन्। 

सो कोषबाट कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने विद्यालयले जनाएको छ। सो अवसरमा विद्यालय संस्थापक परिवारले विद्यालयलाई फर्निचर र शैक्षिक सामाग्रीहरु समेत प्रदान गरेका छन्। 

विद्यालयका संस्थापक सिरेङचोङबाङ साविक मोराहाङ-९ का स्याथीबासी थिए। सरकारी सेवामा जीवन बिताएका उनले जागिरे जीवनमा तेह्रथुम र ताप्लेजुङका विभिन्न गाउँहरुमा शैक्षिक उन्नवयनका लागि योगदान गरेका छन्। 

उनले शिक्षा नै मानिसको लागि सबैभन्दा महत्वपूर्ण भन्दै गाउँमा विद्यार्थी बटुलेर मकैको ढोडको उज्यालोमा पढाउँथे, त्यही जगमा सिद्धेश्वर मावि सञ्चालित छ।

उनले पुस्तकालयको स्थापना,हुलाकको शाखा विस्तारमा योगदान गरे भने वि.सं.२०१० मा चन्द्रमान कन्दङ्वासँग मिलेर लिथोबाट किराँत लिपिको वर्णमाला, इमानसिंह चेम्जोङद्वारा लिखित किरात साहित्यको इतिहास (२०३०)को प्रकाशन गरेका थिए। 

उनले सामान्य ज्ञान (२०३८), जन्मदेखि मर्दासम्मको किरात संस्कार (२०३८), सामान्य ज्ञान -दोश्रो संस्करण), सेरेङचोङ लिम्बू वंशावली, पाङ्गेनहाङ लिम्बू वंशावली, १५६ थरसहित पिल्मङ राई तीन पूर्खाको वंशावली, लिम्बू भाषामा लेकवेँशी अङ्गालेको पालामख्याली, लिम्बू भाषा शब्द सङ्ग्रह, आफ्नो जीवनी, प्राथमिक उपचारसम्बन्धि पुस्तकहरू लेखेका छन्। 

उनका तिब्बतमा १८ सालको परिवर्तन, संसारको सृष्टि र मानिसको सृष्टि (मुन्धुम), ३६ जातको फूलबारी थरसहित र विज्ञान सम्बन्धि संकलन पुस्तक पनि प्रकाशन छन्।  

Skip This
Skip This
Logo