आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

केन्द्रबिन्दु
0
Shares

आज २०८० पुष १२ गते बिहीबार। २८ डिसेम्बर २०२३।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज चिताएको कामले तीव्रता लिनेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजको दिनमा दिन भोजभतेरमा सहभागी हुनुपर्ला। हाँसखेल र मनोरञ्जनपूर्ण समय हो। अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज धर्मकर्ममा रुचि बढ्ने र शुभ समाचार सुन्न पाइएला। मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय पनि रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ। दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ। विचार पुर्याएर निर्णय लिनु राम्रो होला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लामो समयदेखि रोकिएका अधुरा कामहरूको पुन योजना बन्नेछ। रमाइलो र खानपिनको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 

विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ। सभा समारोहमा सरिक हुने सम्भावना छ। जटिल ठानिएको काम सम्पादन हुनसक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज रोकिएका कमहरूले चिन्ता बढाउनेछ। पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित नहुनसक्छ। न्यायिक कार्य पनि कमजोर नै रहनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। लाभदायक भेटघाटलाई नकार्न सकिँदैन। नोकरी गर्नेले मानसम्मान पनि पाउनेछन्।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज शुभकार्यको चर्चा चल्नेछ। बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ। मनमा शान्ति पनि छाउनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज सामान हराउन सक्नेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। आफन्त सँग मनमुटाव बढ्ला। खानपिनमा सावधानी अपनाउनु पर्नेछ।

Skip This
Skip This
Logo