आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

केन्द्रबिन्दु
0
Shares

आज २०८० पुष १३ गते  शुक्रबार। २९ डिसेम्बर २०२३।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ र सफलता मिल्नसक्छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मन प्रसन्न रहने र मनमा शान्ति मिल्नेछ। गरेका कामबाट राम्रै लाभ हुनेछ। धर्मकर्ममा मन लाग्नेछ। दैनिक कार्य र पढाइमा प्रगति नै हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। व्यवसायमा सफलता पाइनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। धार्मिक यात्राको योग रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज प्रेम जीवन सुखद् रहनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। जोशजाँगर र हिम्मत पनि बढ्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। सौन्दर्यतामा धन खर्च हुनेछ। सरकारी निकायको भय रहला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। सामाजिक कार्यमा सफलता हात लाग्नेछ। धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। मिष्ठान्न भोजनको अवसर मिल्नेछ। पहेँलो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सजिलै अरूको मन जित्न सकिनेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। नयाँ कार्य वा रोजगारको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मन भावुक र उत्ताउलो बन्नसक्छ। नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला। अनावश्यक ठाउँमा धन खर्च हुने र प्रेममा मनमुटाव पनि आउला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज रोकिएका कामहरू पुनः सुरु हुन सक्छन्। कृषि कार्य अघि बढ्नेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। जोशजाँगर र उमङ्ग बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ। बिनाप्रतिस्पर्धा फाइदा हुन सक्छ। जोशजाँगर र हिम्मत बढ्ने र शुभ कार्यको योजना बन्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। आँटेको र ताकेको कार्य पुरा होला। शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ।
 

Skip This
Skip This
Logo