४० हजार गाँजाको बिरुवा नष्ट

४० हजार गाँजाको बिरुवा नष्ट

केन्द्रबिन्दु
0
Shares

महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित बहेडा गाउँमा लुकाई छिपाई रोपिएका ४० हजार गाँजाको बिरुवा प्रहरीले नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बिहीबार खटिएको  टोलीले करिब चार बिगाहा क्षेत्रफलमा लगाइएको ती बिरुवा फँडानी गरेको हो। 

कार्यालयका प्रहरी उपरीक्षक प्रकाश मल्लले बहेडाको वनमा लुकाई छिपाई गाँजा खेती गरिएको भन्ने  सूचनाका आधारमा २५ जनाको प्रहरी टोली खटिएर गाँजा उखेलेर नष्ट गरेको बताए।  

Skip This
Skip This
Logo