बालकुमारी तनावग्रस्तः कोरिया जान नपाएका युवाहरूले जलाए मन्त्री ज्वालाको गाडी [भिडियाे]

बालकुमारी तनावग्रस्तः कोरिया जान नपाएका युवाहरूले जलाए मन्त्री ज्वालाको गाडी [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

बालकुमारी क्षेत्रमा गाडी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको आगजनी भएको छ ।

काेरिया जानकाे लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका ज्वाला मन्त्री क्वाटरबाट पार्टीको केन्द्रीय समिति बैठक जान हिँडेका थिए । बालकुमारीमा प्रदर्शनकारीले रोकेर घेरा हालेपछि मन्त्री र पीएसओ गाडीबाट निस्किएका थिए । त्यसपछि सुरक्षाकर्मीहरुलाई ढुंगा हानेर लखेटेर उनीहरुले गाडीमा आगजनी गरेका हुन् । 

आन्दोलन उग्र बन्दै गएपछि अहिले प्रहरीले प्रदर्शनकारीलाई तितर वितर बनाउन अश्रुग्यास प्रहार गरेको छ । साथै अहिले आन्दोलनका कारण कोटेश्वर–कलंकी सडकको यातायात प्रभावित भएको छ ।

भिडियाे- https://fb.watch/pehaDTOefM/

Logo