ललितपुरको बालकुमारी क्षेत्रमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ ।
आज कोरिया जानको लागि रोजगार अनुमति प्रणाली (इपिएसं आवेदन फारम भर्न नपाएको भन्दै आन्दोलित युवाहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए । त्यसपछि भिड तितरवितर पार्न प्रहरीले चलाएको गोली लागेर गम्भिर घाइते भएका एक युवकको इमाडोलस्थित किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत छन् । उनी बालकुमारी क्षेत्रको सडकमै लडिरहेको अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। उपचारको क्रममा शुक्रबार दिउँसो करिब पौने २ बजेतिर उनको मृत्यु भएको हो। अर्का एक जना गम्भीर घाइते छन् ।





























प्रतिक्रिया