आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

केन्द्रबिन्दु
0
Shares

आज २०८० पुष १५ गते  आइतबार। ३१ डिसेम्बर २०२३।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज झमेला र आफ्नो कार्य सम्पादनमा समस्या आउला। स्वास्थ्य प्रति सचेत रहनुहोला। साँझमा पैसा खर्च हुने योग पनि छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज पारिवारिक भेटघाटमा रमाउनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। गृह कार्यमा मन पनि जानेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। माया प्रेममा एकोहोरो माया प्रेमले सताउन सक्छ। आर्थिक कारोबारमा विवाद पनि आउला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 
घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ। दैनिक कार्यमा प्रगति हुनेछ। कृषि र उत्पादन मूलक कार्य पनि अघि बढ्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्छ। परिवार वा जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। स्वादिष्ट खानपिनको योग पनि रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। खानपिन प्रति हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ। मनमा सहयोग भाव आउला। कुनै कुराले मनमा प्रसन्नता पनि छाउनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। पेसा र व्यवसायबाट लाभ हुनेछ अत: धन प्राप्त हुनेछ। कसैकसैका लागि सन्तान सुखको योग छ।

Logo