आज २०८० पुष १६ गते साेमबार। १ जनवरी २०२४।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वादिष्ट भोजन मिल्नेछ। पार्टी तथा सेमिनारमा सहभागी भइएला। प्रयत्न गरे फाइदा लिन सकिनेछ। साथीभाइसँग समय बित्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज स्वास्थ्यप्रति सजग रहन आवश्यक छ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला। मनमा दुबिधा पनि उत्पन्न रहला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
ठीक समयमा सही निर्णय लिन सकिनेछ। भ्रमणमा रुचि बढ्नेछ। सामाजिक कार्य अघि बढ्नेछ। कृषि कारोबारमा सफलता मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। आफन्तसँग भेटघाट पनि पाइनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वादिष्ट खानपिन खान पाइएला। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ नयाँ व्यक्तिसँग भेटघाटको अवसर मिल्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज मालसामान हराउन सक्छ। सहकर्मीबाट विरोध आउला। गलत निर्णय लिन पुगिएला। चोटपटकको भय पनि छ, सचेत रहनुहोला।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
महत्त्वपूर्ण कामको थालनी हुनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। समाजसेवामा मन लाग्ला। शिक्षामा सामान्य सफलता मिल्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
राजनैतिक कार्यमा सफलता मिल्नेछ। सांगीतिक क्षेत्रमा रुचि र विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ, तर वैदेशिक क्षेत्रको काम भने अधुरै रहला।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने र नयाँ योजना बन्नेछ। शुभकार्यको चर्चा चल्नेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
प्रेममा मनमुटाव आउनेछ। आफ्नो विचार विपरित निर्णय हुनेछ। गरेका काममा ढिलासुस्ती हुनेछ। साझेदारीको काममा उल्झन आउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नसोचेको ठाउँबाट धनागम हुनेछ। घर परिवार सँग समय व्यतीत हुनेछ। मनोरञ्जनमा पूर्वक दिन बित्नेछ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्ने र स्वादिष्ट भोजन मिल्नेछ।































प्रतिक्रिया