काठमाडौंमा मनाईंयो टोपी दिवस [तस्विरमा]

काठमाडौंमा मनाईंयो टोपी दिवस [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय टोपी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । जागरुक युवा अभियान नेपालको आयोजनामा बसन्तपुरमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली ढाका टोपी र नेपाली पोसाक लगाएर टोपी दिवस मनाइएको हो । 

कार्यक्रममा जागरुक युवा अभियान नेपालका संयाेजक घनश्याम श्रेष्ठले नेपाली पहिचान सहित नयाँ वर्ष मनाउने उद्देश्यले टोपी दिवस मनाइएको बताए । उनले भने, ‘यो दिवस मनाउदै गर्दा अङ्ग्रेजी नयाँ वर्ष बनाउनु हुन्न भन्ने होईन, तर हाम्रो नेपाली टोपी सहित, नेपाली पहिचान सहित नयाँ वर्ष मनाउने हो भने अझै बढि नेपालीपन झल्किन्छ की भन्ने हो । त्यसैले हामीले यो कार्यक्रम सञ्चालन गरेको हो ।’

मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले विक्रम सम्वत २०७० सालदेखि ’टोपी दिवस’ मनाउने अभियान थालेका थिए । पछि सामाजिक सञ्जाल यसको चर्चासँगै दिवसका रुपमा स्थापित भएको छ । 

जंगबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ । नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । 

विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन् ।

 

 

 

 

 

 

 

 

 

 

Logo