अमेरिकाबाट आएकाे पार्सलमा गाँजा, हुलाक कार्यालय बाराबाट ३ जना पक्राउ

अमेरिकाबाट आएकाे पार्सलमा गाँजा, हुलाक कार्यालय बाराबाट ३ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

विदेशबाट पार्सल गरी पठाइएको लागुऔषध गाँजासहित बारामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। 

अमेरिकाबाट आएको पार्सलबाट लागुऔषध डिलेभरी हुँदै छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र लागुऔषध व्युरो वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १ सिसवावारी बस्ने वर्ष २२ का नैमोदिन मियाँ, सोही ठाउँ बस्ने वर्ष २७ का जितेन्द्र साह सोनार र वर्ष २२ का कृष्णा सराफलाई ५ प्याकेट गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

पार्सलको गाँजा बुझेर लैजादै गरेको अवस्थामा उनीहरुलाई जिल्ला हुलाक कार्यालय बारा परिसरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए। 

उनका अनुसार पपक्रोन मिक्स ट्रियो लेखिएको रातो रंगको टिनको डब्बाभित्र ३ प्याकेट, वल्डफेशन ओट्स लेखिएको डब्बामा १ र क्वीक वट्स लेखिएको अर्को डब्बाभित्र १ प्याकेट गाँजासहित उनीहरुलाई पक्राउ गरिएको हो।

गाँजासहित नियन्त्रणमा लिइएका उनीहरुविरुद्ध लागु औषध मुद्दामा बारा जिल्ला अदालतबाट हिजो ५ दिनको म्याद लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरी प्रवक्ता न्यौपानेले बताए।

Logo