नक्कली नोटसहित एक जना पक्राउ

नक्कली नोटसहित एक जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

रौतहटको देवाही गोनाही नगरपालिकाबाट प्रहरीले ठुलो मात्रामा नक्कली जस्तो देखिने नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ।

नक्कली जस्तो देखिने नेपाली नोट १ हजार दरको १ हजार ८ सय ४३ थानसहित गुजरा नगरपालिका–५ हरिहरपुर बस्ने २५ वर्षीय संदिप यादवलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हाे। 

ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट, विभिन्न बैंकको एटिएम कार्ड ५ थान र १६ लाख ६५ हजार रूपैयाँ र तीन थान चेकसमेत बरामद गरेको छ। यस सम्बन्धमा प्रहरी थप आवश्यक खनुसन्धान गरिरहेको जनाएको छ। 

Logo