बर्दियामा मृगको मासु सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ गुलरिया नगरपालिका–१ छेदापुरका ३२ बर्षीय दिपचन्द्र कोरी रहेका छन्।
कोरीको साथाबाट मृगको बच्चाको तिन किलो दुई सय ग्राम टाउको खुट्टा र मासु फेलापरेको जिल्ला प्रहरी कार्यालय बर्दीयाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताए।
जंगली जनावरको शिकार गरी ल्याउँदै गरेको छ भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोली उनलाई पक्राउ गरेको बताइएको छ। उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय गुलरियामा बुझाउने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अर्यालले बताए।





























प्रतिक्रिया