आज वि सं २०८० पौष २९ गते आइतबार। २९ गतेआइतबारदेखि माघ ६ गते शनिबारसम्मको राशिफल।
ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन् त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा, जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ। हामी ग्रह स्थिति अनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौं। साप्ताहिक राशिफलको मद्दतले तपाईंले आगामी साता तपाईको लागि कस्तो रहनेछ, के नयाँ हुन सक्छ, तपाईंको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ ,समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ। तपाईंको राशि अनुसार थप योजनाहरू बनाउनुस् । हामीले प्रधान गरेको उपायले तपाईंको यो साता राम्रो बित्ने छ। सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ,यो भविष्यवाणी ग्रह गोचरको आधारमा हुनेछ। यदि तपाईंहरुले हामीले दिएको उपाय गर्नु भयो भने तपाईंहरुको यो साता राम्रो बित्नेछ।
हेर्नुहाेस्, ज्योतिषी आचार्य श्री प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल-
मेष राशि –
मेष राशि हुनेहरुका लागि यो साता यो निकै व्यस्त रहनेछ। यस अवधिमा तपाईंले धेरै छोटो कामसम्बन्धी यात्राहरू गर्नुपर्ने हुन सक्छ। यद्यपि,यात्रामा सावधान रहनुहाेला । नत्र सामान चोरी वा हराउन सक्छ। यो साता तपाईंको स्वास्थ्यमा सुधार आउनेछ। धन खर्च हुने सम्भावना रहेकाले विचार गरेर मात्र कुनै निर्णय लिनुहोला। आफ्नो व्यक्तिगत जीवनमा आरोपहरु लाग्ने र केही समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ। यो बेला सत्य र इमान्दार साथ काम गर्नुहोला। कुनैपनि आरोप लाग्ने काम नगर्नुहोला। यस्तो अवस्थामा प्रतिकूल परिस्थितिको सामना गर्नुपर्ने हुन्छ। जीवनसाथीसँगको सम्बन्धमा तिक्तता बढ्ने र विश्वासको कमी हुन सक्छ।
यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ नमो भगवते बासुदेबाय नमकाे नियमित १०८ चाेटी जप गर्दा राम्राे हुनेछ।
वृष राशि
वृष राशि हुनेहरुले यो साता आफ्नो स्वास्थ्यको बारेमा सजग रहनुपर्नेछ। कुनैपनि कामहरु गर्नु छ भने आफैं कुरा गरेर अगाडि बढ्नुहाेला। ब्यापारी वर्गको लागि यो साता राम्रो नाफा कमाउने योग छ। पुरानाे फसेकाे पैसा अचानक प्राप्ति हुन सक्छ । जागिर खानेहरुका लागि हाकिमबाट राम्रो सहयोग प्राप्त हुन्छ। नयाँ सामान घरमा ल्याउने तथा परिवारमा एकता प्रेम बढ्नेछ। विद्यार्थीहरूका लागि यो समय धेरै राम्रो रहेकाले शिक्षा क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्नुहुनेछ।
यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि हनुमान चालिसाकाे नियमित पाठ गर्दा फाइदा हुनेछ।
मिथुन राशि
मिथुन राशि हुनेहरुका लागि यो साता अलि व्यस्त रहन सक्छ । साना साना कामहरू पूरा गर्नको लागि थप मिहिनेत र परिश्रम गर्नुपर्ने हुनसक्छ। साताको प्रारम्भमा तपाईंले आफ्नो काम अत्यन्त सावधानी र विवेकका साथ गर्नुपर्नेछ। तपाईंले यो हप्ता आफ्नो व्यापारमा केही उतार-चढाव देख्न सक्नुहुन्छ। यो साता जोखिमपूर्ण लगानीबाट बच्नुहोला अन्यथा लाभको सट्टा घाटा बेहोर्नुपर्नेछ। साथीभाइसँग यो साता मजाक नगर्नुहोला त्यसले तपाईंलाई बेफाइदा पुर्याउनेछ।
यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ गण गणपताय नमको नियमित जप गर्दा राम्राे हुनेछ।
कर्कट राशि
कर्कट राशि हुनेहरुका लागि यो साता जागिर खाने तथा खोज्नेहरुको लागि एकदम राम्रो समय रहेकाे छ । याे साता यस राशिका व्यक्तिहरूले कुनै पनि काम धेरै बुद्धिमानीपूर्वक गर्नुपर्ने हुनसक्छ। तपाईंले घमण्ड र अपमान दुवैबाट बच्न आवश्यक छ। यो साता तपाईंले ती व्यक्तिहरूबाट विशेष सावधान रहनु आवश्यक छ जो तपाईंसँग ईर्ष्या गर्छन् र सधैं तपाईंको काम बिगार्ने षड्यन्त्र रचिरहेका छन्। साताको मध्यमा जग्गा जमिनसम्वन्धी मामिलाले चिन्ताको विषय बनाउन सक्छ। जग्गा तथा भवन सम्बन्धी विवाद सुल्झाउन अदालतको चक्कर काट्नु पर्ने हुन सक्छ। प्रेम जीवनका समस्याहरूले तपाईंको व्यक्तिगत जीवनमा ठूलो समस्या ल्याउन सक्छ।
यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि प्रतेकदिन प्रतेकदिन ॐ नम शिबाय मन्त्रको जप गर्दा फाइदा हुनेछ।
सिंह राशि
सिंह राशि हुनेहरुका लागि यो साता शुभ रहनेछ। यो साता करियर र व्यापारको दिशामा राम्रो अवसर मिल्नेछ। आलस्य नगरी आफ्नो कामलाई समयमै राम्रोसँग गर्ने प्रयास गर्नुभयो भने धन लाभ र मान सम्मानका साथै पदमा वृद्धि हुनेछ। स्वास्थ्य र सम्बन्धको हिसाबले यो साता तपाईको लागि अनुकूल रहनेछ। यो हप्ता तपाईको अचानक छोटो वा लामो दुरीको यात्रा सम्भव छ। साताको उत्तरार्धमा तपाईंले आफ्नो करियर, व्यवसाय वा व्यक्तिगत जीवनसँग सम्बन्धित महत्वपूर्ण निर्णय लिन सक्नुहुनेछ। यदि तपाईं प्रेम सम्बन्धमा हुनुहुन्छ भने, यो विवाहमा परिणत हुन सक्छ। व्यावसायिक र व्यक्तिगत जीवन यो साता उत्कृष्ट रहनेछ।
यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि प्रत्येक दिन बिष्णु चालिसाको पाठ गर्दा राम्राे हुनेछ।
कन्या राशि
कन्या राशि हुनेहरुका लागि यो साता मिश्रित रहनेछ। काममा केही समस्याको सामना गर्नुपर्नेछ। साताको पहिलो भागमा करियर र व्यवसायसँग सम्बन्धित केही चुनौतीहरू तपाईंको समस्याको प्रमुख कारण बन्न सक्छन्। यदि तपाईं व्यापारमा संलग्न हुनुहुन्छ भने तपाईंले यस अवधिमा कुनै पनि नयाँ काम सुरु गर्नु अघि राम्ररी सोच्नुहाेला। यस अवधिमा जोखिमपूर्ण लगानी नगर्नुहोला अन्यथा आर्थिक हानि हुन सक्छ। व्यवसायमा संलग्न हुनुहुन्छ भने कागज सम्बन्धी सम्पूर्ण काम पुरा गर्नुहोला अन्यथा अनावश्यक समस्याको सामना गर्नुपर्नेछ। राम्रो प्रेम सम्बन्ध कायम राख्न, आफ्नो प्रेम साथी वा जीवनसाथीको भावनालाई बेवास्ता नगर्नुहोला ।
यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ गण गणपताय नमको नियमित एकमाला जप गर्दा फाइदा हुनेछ।
तुला राशि
तुला राशि हुनेहरूका लागि यो साता लगानीका लागि सामान्य भन्दा राम्रो रहनेछ। कुनै पनि प्रकारका जोखिमहरूबाट टाढा रहनुहाेला। तुला राशिका लागि यो साता शुभ रहेको छ तर यसलाई सफलता र लाभमा परिणत गर्न आलस्य छोडेर अथक परिश्रम गर्नुपर्नेछ। यदि तपाईंले आफ्नो समयको सदुपयोग गर्नुभयो भने, तपाईंले सोचेभन्दा बढी नाफा पाउन सक्नुहुन्छ। आर्थिक सम्बन्धी समस्या समाधान हुनेछ। व्यापार व्यवसायमा वृद्धि हुनेछ र यात्रा शुभ र लाभदायक साबित हुनेछ। सन्तानबाट शुभ समाचार प्राप्त हुनेछ।
यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ घृणि सूर्याय नमको दैनिक १०८ चाेटि जप गर्दा राम्राे हुनेछ।
वृश्चिक राशि
वृश्चिक राशि हुनेहरूका लागि यो साता जीवनमा नयाँ सम्भावनाको ढोका खोल्ने सम्भावना रहेकाे छ। साताको सुरुवातमा केही शुभ समाचारहरू प्राप्त हाेलान्। यस अवधिमा तपाईंको घरमा धार्मिक तथा शुभ कार्य सम्पन्न हुनेछ। यो साता अपेक्षा अनुसारको काममा सफलता मिल्नेछ। जग्गा तथा भवनसम्बन्धी विवाद हट्ने र पैतृक सम्पत्ति प्राप्त हुनेछ । व्यापारमा अपेक्षित लाभ मिल्ने तथा व्यापार व्यवसाय विस्तारको योजनाले आकार लिने देखिन्छ। साताको उत्तरार्धमा महँगो विलासी वस्तु खरिद गर्न सकिनेछ। समाजमा तपाईंको इज्जत बढ्नुका साथै धेरै प्रतिष्ठित व्यक्तिहरुको ध्यानाकर्षण गर्न सफल हुनुहुनेछ। तपाईंमा पूर्ण आत्मविश्वास हुनेछ।
यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि दुर्गा चालिसाको नियमित जप गर्दा फाइदा हुनेछ।
धनु राशि
धनु राशि हुनेहरुका लागि यो साता मानसिक शान्ति पाउने र मानसिक तनावबाट मुक्त हुने समय छ। यस अवधिमा तपाईंले आर्थिक अवरोधबाट पनि राहत पाउनुहुनेछ। धनु राशि हुनेहरुका लागि यो साता निकै शुभ रहनेछ। यो साता करियर र ब्यापारको सिलसिलामा गरिएको यात्राले तपाईंको पद र प्रतिष्ठा बढाउने छ। यदि तपाईं लामो समयदेखि आफ्नो व्यवसाय विस्तार गर्ने सोचमा हुनुहुन्थ्यो भने, तपाईंको इच्छा यो हप्ता पूरा हुन सक्छ। पारिवारिक समस्या समाधानका लागि यो साता निकै शुभ रहेको छ। करियर वा व्यवसायका लागि विदेश जाने योजना बनाउँदै हुनुहुन्छ भने त्यहाँ आउने बाधाहरु हट्नेछन्।
यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि हनुमान चालिसाकाे नियमित पाठ गर्दा राम्राे हुनेछ।
मकर राशि
मकर राशि हुनेहरुका लागि यो साता मिश्रित सावित हुनेछ। उच्च शिक्षाको लागि प्रयासरत व्यक्तिहरूको बाटोमा केही बाधाहरू आउन सक्छन्। आर्थिक समस्याहरूबाट बच्नको लागि, तपाईंले यो हप्ता आफ्नो पैसा व्यवस्थापन गर्नुहोला साताको उत्तरार्धमा धेरै मिहिनेत गर्दा पनि अपेक्षित नतिजा नआएमा अलिकति दुःखी महसुस गर्न सक्नुहुन्छ । यो साताको शुरुवात आर्थिक मामिलामा तपाईंका लागि राम्रो रहने भएतापनि साताको अन्त्यमा केही कारणले तपाईंको पैसा खर्च हुन सक्छ। जसका कारण तपाई समस्यामा पर्नुहुनेछ। यस्तो अवस्थामा, सुरुदेखि अन्त्यसम्म सही रणनीति अनुसार आफ्नो पैसा खर्च गर्नुहोला।
यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि हनुमान चालिसाकाे नियमित एक पाठ गरेर अपाङ्गता भएका व्यक्तिहरूलाई भोजन दान गर्दा फाइदा हुनेछ।
कुम्भ राशि
कुम्भ राशि हुनेहरुका लागि यो साता आर्थिक जीवनमा चलिरहेको अशान्तिबाट राहत मिल्नेछ। तर यसका बाबजुद पनि यस समयमा आफूलाई बलियो बनाउन र आफ्नो स्वभावमा केही परिवर्तन ल्याउन आवश्यक हुनेछ। कुम्भ राशि हुनेहरुका लागि गत साताको तुलनामा यो साता अलिकति राम्रो रहनेछ। योजनाबद्ध काम समयमै सम्पन्न हुनेछन्। कार्यस्थलमा तपाईंको कामको प्रशंसा हुनेछ। परिवारका सदस्यहरूसँग पनि माया र सद्भाव रहनेछ। जग्गा, भवन वा सवारी साधनको मनोकामना पूरा हुनेछ ।
यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि हनुमान चालिसाकाे नियमित जप गर्दा राम्राे हुनेछ।
मिन राशि
मिन राशि हुनेहरुका लागि यो साता शुभ रहने छ। साताको सुरुमा तपाईका केही ठूला मनोकामनाहरू पूरा हुनेछन्। जसका कारण घरमा खुशीको वातावरण रहनेछ। काम गर्ने महिलाहरुका लागि यो साता निकै शुभ रहनेछ। साताको मध्यमा राम्रो सामाजिक सम्बन्ध र गतिविधिका कारण अधुरा कामहरू सम्पन्न गर्न सफल भइनेछ। यस समयमा तपाईंले आफ्नो दैनिक दिनचर्या र खानपानमा विशेष ध्यान दिनुहाेला। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। विपरीत लिंगीप्रति आकर्षण बढ्नेछ। कसैसँगको मित्रता प्रेममा परिणत हुन सक्छ। दाम्पत्य जीवन सुखमय रहनेछ।
यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ श्री दुर्गायै नमः मन्त्रको दैनिक १०८ चाेटी जप गर्दा फाइदा हुनेछ।































प्रतिक्रिया