आज २०८० माघ ५ गते शुक्रबार। १९ जनवरी २०२४।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पनि पुरा हुनेछन्।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज अनावश्यक वादविवाद बढ्न सक्छ। पारिवारिक जीवन सामान्य रहनेछ। विद्यार्थीले पढाईमा अलिक बढी ध्यान दिनुपर्ने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ। चिताएको कामले तीव्रता लिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तर्क र विवादमा राम्रो सफलता मिल्नेछ। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन होला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज कुनै कुराले मनमा शान्ति छाउनेछ। शुभकार्यको चर्चा चल्नेछ। बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। नोकरी गर्नेले मानसम्मान पाउने छन्। लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ। दबाब र तनाव बढेको महसुस हुनेछ। यात्रामा सावधानी अपनाउनु पनि पर्नेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज तपाईंको सामान हराउन सक्छ। सहयोग गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख मिल्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आजको दिन मनोरञ्जनपूर्ण समय रहला । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ।































प्रतिक्रिया