आज तराईमा हुस्सु र हिमालमा हिउँ पर्नसक्ने

आज तराईमा हुस्सु र हिमालमा हिउँ पर्नसक्ने

केन्द्रबिन्दु
0
Shares

हाल नेपालमा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव रहेको छ हुँदा देशका पहाडी भूभागमा आशिंक बदली रहेको छ ।  साथै तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।

आज देशको सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली  साथै अन्य भूभागहरूमा  मौसम सामान्यतया सफा रहनेछ ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको संभावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएकाे छ ।

Logo