रोल्पा,
रोल्पामा पहिलो पटक तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनिल स्मृति गाउँपालिका गजुलमा एकै पटक तीन पुरुषमा कोरोना संक्रमण देखिएको हो । यससँगै प्रदेश नं ५ का सबै जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ ।
प्रदेश नं ५ का ११ जिल्लामा कोरोना संक्रमण फैलिएकामा अहिलेसम्म रोल्पामा फेला परेको थिएन । कोरोना संक्रमण पुष्टि हुनेमा गाउँपालिका–५ का २० र २७ वर्षीय तथा वडा नं ६ का २० वर्षीय युवा रहेको स्वास्थ्य कार्यालय रोल्पाका जनस्वास्थ्य अधिकृत अनिल केसीले जानकारी दिए।
संक्रमित युवा यह जेठ १२ भारतबाट आएका थिए । उनीहरुलाई अलग अलग क्वारेन्टाइनमा राखिएको थियो । वडा नं ५ को सूर्योदय आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेका दुई र वडा नं ६ को जनज्योति मावि क्वारेन्टाइनमा रहेका एक जनाको कोरोना पुष्टि भएको हो । क्वारेन्टाइनमा बसेका उनीहरुको एक साता अघि स्वाब संकलनका गरी भेरी अस्पताल नेपालगञ्ज पठाइएको थियो ।
स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन अरुण भिटुका अनुसार जिल्लामा हाल दुई हजार १२६ जना क्वारेन्टाइनमा छन् । ती मध्ये एक हजार ४७६ जना भारतबाट फर्किएका हुन् ।































प्रतिक्रिया