बाजुरामा क्वारेन्टाइनमा रहेका एक जनाको मृत्यु

बाजुरामा क्वारेन्टाइनमा रहेका एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बाजुरा ।

खप्तड छेडेदह गाउँपालिका–७ मा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ । जेठ १५ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६५ वर्षीया वृद्धको मृत्यु भएको हो ।

गाउँमै रहेको मष्टा आधारभूत विद्यालय बुढाबाडाको क्वारेन्टाइनमा उनको मृत्यु भएको वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिए ।

झण्डै २५ वर्षदेखि भारतमा बस्दै आएका उनलाई दमको रोगसमेत रहेको बुझिएको छ । मृतकको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी धनगढी प्रयोगशालामा पठाउने र शव व्यवस्थापन गरी परिवारलाई जिम्मा लगाइने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए ।रासस

Skip This
Skip This
Logo