बाँके ।
बाँकेको नेपालगञ्जबाट दाङ जाँदै गरेको यात्रुबाहक माइक्रो बस दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ मा रहेको जंगलमा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । गएराति १२ बजे तिर सो दुर्घटना भएको हो ।
प्रहरीका अनुसार नेपालगञ्जबाट दाङ हुँदै सल्यानका लागि छुटेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा ६ जनाको अवस्था गम्भिर रहेको र २१ जना घाइते भएको बताइएको छ । मृतकहरुको पहिचान हुन सकेको छैन । अहिले उद्धार हुँदै छ । थप विवरण आउन बाँकी छ ।































प्रतिक्रिया