ताप्लेजुङमा मालबाहक ट्रक दुर्घटना, चालकको मृत्यु

ताप्लेजुङमा मालबाहक ट्रक दुर्घटना, चालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङ।
ताप्लेजुङमा आज मालबाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

निमार्णाधिन मध्य तमोर जलविद्युत आयोजनाको निमार्ण सामग्री लिएर आउँदै गरेको ना ६ ख ८२६२ नम्बरको मालबाहक ट्रक दुर्घटना हुँदा चालक बाह्रदशी ६ डाँगीबारी झापाका २९ वर्षिय ज्ञानबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिए ।

जलविद्युत आयोजनाको निमार्ण सामग्री लिएर आएको ट्रक फुङलिङ नगरपालिका वडा नं ९ कटहरे भन्ने स्थानमा दिउसो दुर्घटनामा परेको थियो । दुर्घटनामा परि गम्भिर घाईते चालक तामाङलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको बताईएको छ ।

सहचालक भने सकुशल रहेका छन् । ट्रक ग्रामिण सडकबाट करिव ५० मिटर तल खसेको थियो । दुर्घटनाको कारण ब्रेकफेल भएको हुन सक्ने ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख दिपक दुलालले जानकारी दिए ।

Logo